काठमाडौं – सुनको मूल्यआज २ सय रुपैयाँले बढेको छ। अघिल्लो दिन ५६ हजार ८ सय रुपैयाँ तोकिएकोमा आज ५७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै  चाँदीको मूल्य पनि  ५ रुपैयाले बढेर ७८५ कायम भएको छ। महासंघका अनुसार उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरिरहँदा विश्वका लगानीकर्ता सुनका आकर्षित भएका छन्। जसले गर्दा मूल्य महँगिएको बताइन्छ ।

तपाईको प्रतिक्रिया