एजेन्सी । जापानकी राजकुमारी माकोको प्रेम चाँडै नै विवाहमा परिणत हुन लागेको छ । २५ वर्षीय राजकुमारी माको केही वर्षदेखि कोमुरो नामका युवकसँग गहिरो प्रेममा परेको र सोही कुरा उनले हालै एक प्रेस मिटको आयोजना गर्दै आँफुले सामान्य परिवारका एक युवकसँग प्रेम गरेका कारण शाही सेवा–सुविधालाई तिलान्जली दिन लागेको बताइन् ।

जापानी सम्राटको अनुमति पाएपछि राजकुमारी माकोले विवाहको घोषणा गरेको बताइन्छ । विवाहपछि उनले राजपरिवारको हैसियत गुमाउनेछिन् ।

जापानको शाही कानुनअनुसार राजपरिवारका कुनै महिला सदस्यले सामान्य पुरुषसँग विवाह गरेको अवस्थामा राजपरिवारको हैसियत गुमाउनु पर्ने नियम अनुसार नै उनी अगाडी बढेकी हुन् । विश्वविद्यालयमा अध्ययनका क्रममा यी दुईबीच प्रेम सम्बन्धले छिटै नै विबाहको रुप धारण गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया