काठमाडौँ- नेपाली चलचित्र क्षेत्रमा कुनै समय चर्चित रहेका नायक राजवल्लभ कोइरालाले अमेरिकामा नै इन्गेजमेन्ट गरेका छन् । खबर अनुसार कोइरालाले  अमेरिकामा नै बस्दै आएकी प्रतिमा बिमलीसँग इन्गेजमेन्ट गरेका हुन् । राजवल्लभले यस विषयमा केही नलेखेपनि उनका साथीहरुले फेसबुकमा इन्गेजमेन्टका तस्बिरहरु पोष्ट गर्दै गर्दै वधाइ दिएका छन् ।

पर्खी बसे’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक कोइराला हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’को छायांकनका क्रममा अमेरिका पुगेका थिए । त्यसपछि उनी नेपाल फर्केका छैनन् ।झापाकी प्रतिमाको परिवार अहिले अमेरिकामा नै बस्दै आएका छन् । सेप्टेम्बरमा इन्गेजमेन्ट गरेका राज र प्रतिमाले डिसेम्बरमा बिहे गर्ने तयारीमा रहेको बताइएको छ ।

 

 

तपाईको प्रतिक्रिया