काठमाडौँ । वैशाखमा श्रीमान बिते, साउन अन्तिम साता आएको बाढीले घरवार बगाइदियो । न ओत लाग्ने घर छ, न खाने अन्न नै । दुई अबोध सन्तान छन् । कसरी भरणपोषण गर्ने चिन्ता छ उनलाई । ‘विपत्तिको पहाड जस्तै भएको छ यो जिन्दगी’, २८ वर्षीय अनिता सदाले भनिन्, ‘अबोध छोराहरूको मुख हेरेर मर्न पनि सकिँदैन तर बाँच्न पनि त्यतिकै गा¥हो छ ।’

‘विपत्तिको पहाड जस्तै भएको छ यो जिन्दगी । अबोध छोराहरूको मुख हेरेर मर्न पनि सकिँदैन तर बाँच्न पनि त्यतिकै गा¥हो छ ।’- अनिता सदा, स्थानीय। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४, कोइलाडीस्थित मुसहर बस्तीकी अनिताका सासूससुरा पनि छैनन् । जेठाजु र देवर छन् तर गरिबीका कारण आफ्नै परिवार पाल्न उनीहरूलाई धौ–धौ छ । बेलाबखत माइतीले सहयोग नगरेका पनि होइनन् । ‘तर माइतीकै भर कति दिन ?’, अनिता भन्छिन्, ‘बाढीले घर बगाएपछि माइतीबाट बुवा र भाइहरू आएर ओत लाग्ने छाप्रोे बनाइदिए, उनीहरू पनि गरिबै छन्, कहिलेसम्म मेरो जिम्मेबारी धान्नु ।’
सोही बस्तीकी ७० वर्षीया सोमनीदेवी सदा बाढीका कारण घरवारविहीन भएकी छिन् । सोमनीका श्रीमान बितेको एक दशक बढी भयो । उनका दुइटा छोरा छन् तर अलग्गै बस्छन् । वृद्ध आमाको उनीहरूलाई कुनै मतलब नभएको स्थानीय बताउँछन् । सोमनीले भनिन्, ‘एउटा सानो झुप्रो थियो त्यहीं बसेर जसोतसो जीवन निर्वाह गर्दै आएकी थिएँ तर, बाढीले त्यो झुप्रो पनि बगाइदियो ।’
बाढीका कारण यसै बस्तीका ५ वर्षीय कमलु सदाको ज्यान गएको थियो । बाढीले चारैतिर घेरिएका कारण समयमा उपचार नपाउँदा कमलुको मृत्यु भएको थियो । कमलुको शव गाड्ने ठाउँ नपाएर उनका परिवारले कोसीको भेलमा बगाइदिएका थिए । ‘छोराको ज्यान जोगाउन न त उपचार नै गर्न सकियो, न त मृत्युपछि सदगत नै’, आइतबार घरमै भेटिएका उनका बुवा फुदनले भने, ‘दुश्मनलाई पनि यस्तो पीडा खेप्नु नपरोस् ।’

साउन अन्तिम साताको बाढीले सिंगो तिलाठी–कोइलाडी गाउँपालिका नै डुबानमा प¥यो । बाढी आएको तीन साता बित्न लाग्यो, कतिपय बाढी प्रभावित सामान्य जनजीवनमा फर्कने प्रयास गर्दैछन् । तर कोइलाडीस्थित मुसहर बस्तीले भने बाढीको पीडा अझै भुल्न सकेको छैन । ८०÷८५ मुसहर परिवारको बसोबास रहेको यस बस्तीका प्रत्येकको अआफ्नै कथा र व्यथा छन् । ‘समस्यैसमस्या र पीडामा जीवन बिताउन बाध्य हामी गरिब विपन्नहरूको पीडा बाँड्न सक्ने कोही छैन’, ललकु सदाले भने, ‘च्युरा, मुरही बाँड्नेहरू पनि हराए । नेता र हाकिमहरू पनि देखिँदैनन् ।’

ाढीपीडित सप्तरीमा यतिखेर चुनावी अभियान तीव्र छ । रंगिबिरंगी, पर्चा पम्पलेट, टिसर्ट, तुल तथा ब्यानरले गाउँनगरका चोक, गल्ली रंगिएका छन् । टोलटोलमा चुनावी बैठक भइरहेका छन् । विभिन्न दलमा आबद्ध ठूला–साना नेताहरू आश्वासन बाँड्न व्यस्त देखिन्छन् । तर, कोइलाडीस्थित विपन्न मुसहर बस्तीमा भने चुनावी चर्चा र चहल–पहल छैन । बस्तीका कुनै घरमा झन्डा पनि टाँगिएको छैन । बस्तीको कसैको जिउमा पनि दलका नाम र चुनावचिह्न अंकित टिसर्ट पनि देखिँदैन । ‘छैन हजुर पछिल्लो दुई सातायता कोही नेता हाम्रो बस्तीमा देखिएका छैनन्’, स्थानीय बिहारी सदाले भने, ‘जसले जिते पनि हामीलाई के ? हाम्रो पीडामा सघाउने कोही छैन ।’ बस्तीका झन्डै ३५÷४० घर कामै नलाग्नेगरी बाढीले भत्काएको सदाले बताए । ‘नढलेका घरको अवस्था पनि राम्रो छैन’, उनले भने, ‘एक त मुसहरको घरै कस्तो हुन्छ र हजुर, त्यसमाथि बाढीले जग नै हल्लाइदिएपछि बाँसको घर कतिखेर लड्नेहो भन्ने ठेगान नै हुँदैन ।’
बाढीले सप्तरीका थुप्रै दलित र विपन्न बस्तीमा बिपत्ति निम्त्याएको छ तर उनीहरूको पीडा सम्बोधन गर्न मधेसवादीदेखि लिएर अन्य दलका नेताहरूले चासो नदिएको दलित र विपन्नहरूको गुनासो छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पछिल्लो दुई दिनदेखि सप्तरीमै छन् । नागरिकले छापेको छ ।

फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उप–प्रधानमन्त्री विजयकुमार गच्छदार पनि तीन दिनदेखि सप्तरीमै छन् । उनले मधेस आन्दोलनका सहिद राजीव राउतको परिवारलाई एक कार्यक्रममा एक लाख रुपैयाँसमेत हस्तान्तरण गरेको सो पार्टीको दाबी छ । राजपा अध्यक्षमण्डलका अध्यक्षहरू सरतसिंह भण्डारी र महेन्द्र राय यादव पनि यसै साता सप्तरीमा आफ्नो चुनावी सभा सकेर फर्केका छन् । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले नेता महेन्द्र पाण्डे पनि सप्तरी आएर फर्के । तर यी कुनै पनि नेताले बाढी विस्थापित विपन्न र दलितको समस्यामा चासो नदिएको पीडितको भनाइ छ ।
‘हामी म¥यौं कि बाँचेका छौं, त्योसम्म हेर्ने फुर्सद छैनन् हाम्रा नेताहरूलाई’, स्थानीय लिलिया सदाले भनिन्, ‘अरुलाई के भन्नु खै, मधेसवादी दल भन्नेहरूको आह्वानमा त हामी आन्दोलनमा सहभागी भयौं तर उनीहरूले पनि अहिले परेको बेला नहेरेर बेवास्ता गरे ।’ उनले चुनाव हुने कुराले उत्साहित भएको बताउँदै भनिन्, ‘भोट त हाल्नै पर्यो, हाम्रा लागि केही गर्न सक्ने उम्मेदवारलाई जिताउनु छ ।’

तपाईको प्रतिक्रिया