काठमाडौँ – हरेक बिहान क्लिन्जिङ गर्छु, घरबाहिर निस्किँदा सनब्लक क्रिम लगाउँछु, मेकअप हल्का गर्छु । राति सुत्नुअघि नाइट क्रिम लगाउँछु ।

अनुहारको सौन्दर्यका लागि १५–१५ दिनमा फेसियल गर्छु । हप्तामा एकपटक जैतुनको तेलले बडी मसाज गर्छु ।

हप्तामा एक–दुई पटक सोना बाथ लिन्छु । सोना र स्टिम बाथ लिइसकेपछि उपयुक्त क्रिम प्रयोग गर्छु ।

पसिना निस्किने गरी नियमित जिम गर्छु ।

बिहानै चार–पाँच गिलास पानी र एक कचौरा भिजाएको चना खान्छु ।

मनको शान्ति र आत्मविश्वासले पनि सौन्दर्यमा निखार दिनेमा विश्वास राख्छु । हरेक दिन केहीबरे पूजा गर्छु ।

कपालमा हरेक दिन भिटामिन प्रयोग गर्छु । घरमै दही, अन्डा, मह र अदुवाको रसमिश्रित प्याक पनि लगाउँछु । नयाँ पत्रिकाले छापेको छ ।

विशेष कार्यक्रममा जानुपर्दा कपाल कर्ली या स्ट्रेट गर्छु ।

तपाईको प्रतिक्रिया