काठमाडौँ – डा. राकेशकुमार साह बेरियाट्रिक तथा ग्यास्ट्रो सर्जन पित्तथैलीमा हुने पत्थरीले धेरैलाई सताएको छ । पित्तथैलीको उपचार समयमै गराए सहज छ । यसको प्रमुख उपचार अप्रेसन गरेर पत्थर झिक्नु हो । यसको उपचार समयमा नै भएन भने जन्डिस, पित्तथैलीको क्यान्सरजस्ता समस्या देखा पर्दछन् । आजभोलि यो अप्रेसन दूरबिन प्रविधिबाट गरिन्छ । दूरबिन प्रविधिबाट अप्रेसन गर्दा बिरामीलाई दुखाइ र पीडा पनि कम हुन्छ । त्यसैगरी, घाउमा संक्रमण हुने र पाक्ने समस्या पनि कम रहन्छ । नयाँ पत्रिकाले छापेको छ ।

कारण लामो समय र निरन्तर खाली पेट व्रत बस्नु ।

महिलाले गर्भनिरोधक चक्की बढी सेवन गर्नु ।

शरीर अत्यधिक मोटो हुनु ।

मधुमेह रोग ।

शरीरको तौल धेरै घट्नु ।

शरीरमा रक्तअल्पता हुनु ।

पित्तथैलीको पत्थरी कसरी थाहा पाउने ?

सामान्यतः पित्तथैलीको पत्थरीका बिरामीमा कुनै लक्षण देखिँदैन । अरू कुनै कारणले पेटको भिडियो एक्सरे गर्दा पित्तथैलीमा पत्थरी देखिन्छ । यसरी पत्थरी भएको फेलापर्नेहरूमध्ये करिब २० प्रतिशत मानिसमा मात्र यसका कारणले लक्षण देखिन सक्छ । जसमा, अधिकांशलाई पेट दुख्ने हुन्छ । पत्थरीका कारण हुने दुखाइ दाहिने कोखा वा माथिल्लो पेटमा हुन्छ । कहिलेकाहीँ दाहिने पाखुरा वा ढाडतिर पनि सर्न सक्छ । दुखाइ चिल्लो खानेकुरा खाएपछि बढ्ने गर्छ । जटिल हुँदै गएपछि हरेक दिनजस्तो दुख्न थाल्छ । पित्तथैलीको पत्थरीको अर्को मुख्य लक्षण भनेको पेट ढुस्स भएर फुलेजस्तो भान हुने, अपच हुने र डकार आउने हुन्छ ।

तपाईको प्रतिक्रिया