काठमाडौँ – राप्रपा र राप्रपा नेपाल एकिकरण भएको ६ महिना बित्न नपाउँदै पार्टी विभाजनको प्रभाव डडेल्धुरामा पनि परेको छ ।

राप्रपाका जिल्ला अध्यक्ष हिक्मत सिह साँउदले आज एक प्रेस विज्ञप्ती जारी गर्दे कमल थापा नेतृत्वको राप्रपा परित्याग गरि पशुपति शमसेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई समर्थन रहेको जनाएको छ ।

प्रस विज्ञप्तीमा पार्टी एकिकरण हुँदा जुन उत्साह र उमङग थियो त्यो नरहेको, पार्टीलाई एकल ढगंबाट संचालन गरेकोले पार्टी विभाजन भएको उल्लेख छ ।

साथै जिल्लाले गरेका महत्वपूर्ण निर्णयहरुको सुनुवाई नभएको, स्थानिय तहको निर्वाचनमा केन्द्रबाट सहयोग प्राप्त नभएन जनाउँदै बाध्य भएर पार्टी परित्याग गरि राप्रपा प्रजातान्त्रिकलाई समर्थन गरेका जनाएको छ ।

अध्यक्ष साँउदको नेतृत्वमा रहेको राप्रपा जिल्ला कार्य समितिको पुरै टिम राप्रपा प्रजातान्त्रिकमा समाहित भएको उल्लेख गर्दै राप्रपाका पूर्व केन्द्रीय सदस्य गोविन्द खडायतले डडेल्धुरामा रहेको राप्रपाको सिङगो पार्टी र जनवर्गिय संगठनह आजैको मितिदेखि परित्याग गर्न पुगेको जनाएका छन् । नयाँ पत्रिकाले छापेको छ ।

२१ सदस्य जिल्ला कमिटी रहेको डडेल्धुरा राप्रपाको नगर कमि ी र भातृसंगठन पनि राप्रपा प्रजातान्त्रिकलाई समर्थन गर्ने गरि परित्याग गरिएको विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया