काठमाडौं -धुर्मुस नेतृत्वको धुर्मुस सुन्तली फाउण्डेशनले बाढी पीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ । बाढी प्रभावित तराईका १२ जिल्लाका २३ स्थानमा झण्डै ६५ लाख बरावरको राहत सामग्री तथा बालबालिकाहरुका लागि शैक्षिक सामग्री वितरण गर्दै भुर्मुसले पीडितहरुको अवस्थालाई देखेर एकीकृत बस्तीको योजना अघि सारेको बताएका छन् ।

एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना बनाए पनि कहाँ र कति लागतमा बनाउने भन्ने अझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको फाउण्डेशनको भनाई छ । बाढी पीडितका लागि एकीकृत नमुना बस्ती निर्माणसँगै केही समयअघि मात्रै ५ अर्बको अनुमानित लागतमा निर्माण गरिने भनिएको नमुना नेपालको काम पनि निरन्तर अगाडि बढिरहने बताइएको छ ।

यसअघि ३ वटा एकीकृत नमुना बस्ती सफलतापूर्वक निर्माण सम्पन्न गरिसकेको फाउन्डेसनले अब निर्माण गर्ने भनिएको उक्त बस्ती पनि अन्य बस्तीजस्तै बाल मैत्री, अपाङ्ग मैत्री र भुकम्प प्रतिरोधी हुने बताएको छ ।

तपाईको प्रतिक्रिया