एजेन्सी। तपाईले कहिल्यै ढुंगाको मूर्ति पानीमा नडुबी तैरिरहेको देख्नुभएको छ ? विश्वकै अचम्मको घटना भारतको इन्दौरमा रहेको भमोरी नदीमा हालै देखिएको छ । नदीमा शनिबार तैरिनको लागि राखिएको भगवन नृसिंहको मूर्ति तीन पटकसम्म तैरिएपछि त्यो ‘चमत्कार’ हेर्न हजारौंको भीड लागेको छ ।

यो मूर्तिलाई तैरिनको लागि ३ पटक पानीमा राख्नुपर्ने मान्यता छ । प्रतिमा तैरिनुको अर्थ आगामी वर्ष सुख समृद्धिसँग बित्नेछ भन्ने मान्यता छ । यो ‘चमत्कार’ हेर्न १५ हजार भन्दा बढी सर्वसधारण उपस्थित भएको बताइन्छ । एक सय १५ वर्ष पुरानो यो स्थानमा प्रत्येक वर्ष यसैगरी प्रतिमालाई पानीमा तैरिनको लागि छोड्ने गरिन्छ । जतिपटक प्रतिमा तैरिन्छ त्यसको आधारमा आगामी वर्षको बारेमा अनुमान गर्ने गरेको स्थानीयको विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया