काठमाडौँ । नेपाली चेली निरिशा बस्नेतले हिन्दी सिरियल चन्द्रा नन्दिनीमा अभिनय गर्ने भएकी छिन् । निरिशा नेपाली चलचित्रका पुराना अभिनेता तथा निर्देशक विश्व बस्नेतकी कान्छी छोरी हुन् ।

पछिल्ला सात महिनादेखि मुम्बईमा रहेकी निरिशाले स्टार प्लसबाट प्रसारण भैरहेको हिन्दी श्रृंखला चन्द्रा नन्दिनीमा अभिनय गर्ने अवसर पाएपछि उनले आफ्नो करियर बलिउडमा बढाउने निश्चित भएको हो ।

श्रृंखला चन्द्रा नन्दिनी प्रत्येक सोमबारदेखि शुक्रबारसम्म राति ८स्४५ बजे प्रसारण हुन्छ । एस इन्स्टिच्युट अफ म्यानेज्मेन्टबाट स्नातक गरेकी निरिशाले केही म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् ।

तपाईको प्रतिक्रिया