काठमाडौँ । नेपालको बैंकिंग क्षेत्रमा मा पथक पहिचान बनाउन सफल रहेको सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड ले आफ्नो ६० औं शाखा पाल्पा को छहरामा समुद्घाटन गरेको छ । आज मिति २०७४ साल भाद्र १९ गते नेपाल राष्ट्र बैंक का गभर्नर डा चिरन्जीवी नेपाल को बाहुली बाट उद्घाटन गरी बैंकिंग कारोबार को सुरुवात गरिएको छ । उक्त समारोहमा जिल्ला का उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, ब्यापारी, नागरिक समाजका अगुवा हरुको बाक्लो उपस्थिथि रहेको थियो ।

छहारा शाखाको बिधिबत समुद्घाटन संगै सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहक महानुभाबहरुलाई देशभरी फैलिएका यस बैंकको ६० वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।. साथै आफ्नो ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सविधाहरु तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउदै आऐको छ ।

उक्त समारोहमा सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले गभर्नरज्यू को बाहुलीबाट श्री भैरव नवदिप माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर र श्री महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर गरी जम्मा २ थान कम्प्यूटर हस्तान्तरण गरेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

तपाईको प्रतिक्रिया