एजेन्सी । बलात्कारी बाबा राम रहीम सिंहलाई फेरी अर्को कडा झड्का लागेको छ । बलात्कार मुद्दामा २० वर्ष जेल सजाय पाएका बाबाले अब उपरान्त बलिउडमा प्रवेश नपाउने भएका छन्।

फिल्म र टीभीको निर्देशकको संस्था आइएफटीडीएले डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहीमको सदस्यता खारेज गरिदिएपछि बाबालाई अहिलेसम्मको सबैभन्दा कडा झड्का लागेको हो ।

आइएफटीडीएले फिल्मी संसारमा गुण्डा र बलात्कारीको कुनै स्थान नभएको भन्दै उनको सदस्यता खारेज गरेको भारतीय मिडियाहरुले जनाएका छन् । आइएफटीडीएको संयोजक अशोक पंडितले उनकी छोरी हनीप्रीतको पनि सदस्यता खारेज गरेको बताइ ।

तपाईको प्रतिक्रिया