एजेन्सी । उत्तर कोरियाले नयाँ हाइड्रोजन बम बनाएको घोषणा गरेको केही घण्टापछि नै ठूलो भूकम्पको धक्का गएको छ । अमेरिकी भूगर्भ विभागले उत्तर कोरियामा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ भने भूकम्प जानुको मुख्य कारण परमाणु परीक्षण भएको समेत दाबी गरेको छ । भूकम्प परमाणु परीक्षणकै कारण भएको हुन सक्ने युएसजिएसले जनाएको छ ।

उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ हाइड्रोजन बमको छेउमा उभिएर खिचाएको तस्बिर सार्वजनिक गर्दै त्यहाँको सरकारी समाचार संस्थाले नयाँ बम ठूलो क्षमताको हरेको बताए लगत्तै गएको भूकम्पले भागदौड समेत मच्चाएको बताइएको छ ।

जुन बमलाई मिसाइलमा लगाउने तयारी समेत गरेको बताइन्छ । दक्षिण कोरियाका अनुसार आइतबार बिहान सम्भावित परमाणु परीक्षणका कारण गएको भूकम्पको धक्का उत्तर कोरियाको परमाणु परीक्षण स्थल पुनग्ये रीको नजिक रहेको किलजु काउन्टीमा केन्द्र विन्दु भएर गएको हो ।

तपाईको प्रतिक्रिया