अनु खड्का, न्यूयोर्क

न्यूयोर्क मा भर्खरै मात्र बाचन प्रबिण श्री दिन बन्धु पोख्रेल बाट दुर्गा मन्दिर र कम्युनिटी सेन्टर को लागी महापुराण सम्पन्न भयो । केहि समय पहिला राम्रा र नराम्रा सबै खाले प्रतिकृया हरु आए तर पनि मन्दिर निर्माण जस्तो कार्य को लागी नकरात्मक प्रतिकृया दिनु पक्कै पनि राम्रो होइन त्यस्तै यस्तो शुभ कार्य को लागी साथ दिनु एक असल नागरिक को कर्तब्य हो । हामी सबै जुट्यौ, त्यसै ले महापुराण सफल भयो। उहा हरु ले प्रबास मा रहेका नेपाली हरु बिच एकता को सन्देश दिएको कुरा सबै मा अबगत छ। अमेरिकामा नेपालीहरुको उपस्थिति बढ्दै गएको अवस्थामा नेपाली कला, संस्कृति र परम्परा रक्षाका लागि सांस्कृतिक केन्द्रको आवश्यकता निकै रहेको छ । मन्दिर र केन्द्र निर्माणले दोश्रो पुस्ताका लागि पनि नेपाली संस्कृति हस्तान्तरणमा उल्लेख्य टेवा पुग्ने बताउछन । संस्थाले यस अघि पनि दाताहरुसँगबाट सहयोग संकलन गरी मन्दिर तथा केन्द्रका लागि जग्गा खरिद गरिसकेको छ । हामी नेपाली,हाम्रो नेपाल अनि हाम्रो सस्कृती लाई हामी ले चिनेनौ र आफ्नो कला सन्स्कृती को जगेर्ना भएन भने हाम्रो अस्तित्व रहदैन । हामी मात्र नभ इ हाम्रा नयाँ पिढी लाई पनि कला सस्कृती को महत्व बुझाउन जरुरी छ। रिजबुड नेपाली सोसाइटी ले आफ्नो महान कार्य को थलनी गरेको छ। उहा हरु प्रती हामी न्यूयोर्क बासी हरु सधै आभारी छौ ।

१) न्यूयोर्क मा महापुराण र मन्दिर निर्माण कत्तिको महत्व भन्दा पनि निकै महत्व छ किन भने अमेरिका मा हाम्रो कला सस्कृति, मठ मन्दिर हरु देखेर पनि कतिपय पर्यटक नेपाल भित्राउन सकिन्छ ।
२) मन्दिर निर्माण ले हामी नेपाली हरु लाई हाम्रो हिन्दू धर्म को महत्व र धार्मिक भाबना जगाउछ ।
३) मन्दिर हाम्रो पहिचान हो । हामी सबै लाई जोड्ने काम गर्द्छ । आज को मन्दिर भोली को इतिहास हो साथै भाबी सन्तती हरु को लागी सुनौलो उपहार हो ।
४) कम्युनिटी सेन्टर ले हाम्रो नेपाली समुदाय को दुख पिडा पिर मर्का एक अर्का मा दुख सुख बाड्ने
थलो बन्ने छ भन्ने कुरा मा कुनै दुइ मत छैन ।
५)महपुराण र मन्दिर निर्माण ले सबै नेपाली हरु मा भाइचारा को अभिबृदी गरी हामी नेपाली एक हौ भन्ने सन्देश बिश्व लाई दिएको छ ।
६) हामी नेपाली हरु को आफ्नै मन्दिर हुँदा, हामी लाई कसैले हेप्न सक्दैन तसर्थ हामी ले हाम्रा बिभिन्न सामाजिक कार्य हरु सह जै सम्पन्न गर्न सक्छौ । यो भाबी पुस्ता हरु को नासो हो त्यसैले यसको निर्माण अभियान मा लागौ ।

परा पुर्ब काल देखी नै हाम्रो देश मा पुराण लगाउने कार्य हुँदै आएको हो । दानबिर हरु दान दिएर त्यो अभियान मा साथ दिएका छन । त्यो महान कार्य लाई रोक्ने र निचो देखाउने भन्दा पनि स्वच्छ मन ले पुन्य कमाउनु हाम्रो कर्तब्य जस्तो लाग्छ । त्यस लाई भाड्न खोज्ने हरु जो सुकै हुन ति हामी नेपाली हरु को सत्रु हुन । ज-जस्ले साथ दिए, कसैले सकेर दिए भने कसैले सक्ने आशा मा दिए । दान बिर हरु हाम्रो सच्चा मित्र हरु हुन । समाज मा राम्रो काम गरौ, एक ले अर्का लाई साथ दिउ, जहाँ गए पनि, जहाँ रहे पनि कहिले नभुलौ- मानब धर्म भन्दा ठुलो कुरा दुनिया मा अरु केहि छैन ।

तपाईको प्रतिक्रिया