ललितपुर । ललितपुरको जावलाखेल स्थित फ्यूचर स्टार्स हाइस्कुलले आफ्नो वार्षिक क्यालेन्डरमा समावेश गरेको ग्रान्ड प्यारेन्टस डे विविध कार्यक्रम सहित मनाएको छ । उक्त अवसरमा विद्यालयले नेपालमा सर्वोत्तम पिठोकी आमा भनेर मानिनुहुने मिरियम ग्रान्टस तथा विद्यालयकै विद्यार्थीका सवैभन्दा ज्येष्ठ हजुरबुबा नानीकाजी बर्जाचार्यलाई सम्मान समेत गरेको छ ।

ज्येष्ठ नागरिकप्रतिको आदर एवं सम्मानको संस्कारलाई बाल्यअवस्था एवं विद्यालयतहदेखि नै मजबुत बनाउने अभिप्रायले विद्यालयले प्रत्येक वर्ष ग्रान्ड प्यारेन्टस् डे मनाउदै आएको विद्यालयकी प्रिन्सिपल मञ्जु कार्की लामिछानेले बताउनुभयो । विद्यालयले सर्वोत्तम पिठोकी प्रणेता मानिनुहुने मिरियम क्रान्टस्लाई नगद रु ५ हजार, दोसल्ला तथा ताम्रपत्र सहित सम्मान गरेको हो । नेपालमा कुपोषणको न्यूनिकरणमा क्रान्टसले पुर्याउनुभएको योग्दानको उच्च मूल्यांकन गर्दै उहांलाई सम्मान गरिएको प्रिन्सिपल लामिछानेले बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिक तथा क्रान्टस जस्ता व्यक्तित्वलाई राज्यको तर्फवाट पनि सम्मान गरिनुपर्ने आवश्यक्ता औल्याउनुभयो । क्रान्टसको योग्दानलाई राज्यले समेत उच्च मूल्यांकन गर्नुपर्ने उहांको भनाई थियो । ग्रान्ड प्यारेन्टस डेका अवसरमा आयोजित कार्यक्रममा विद्यालयका कक्षा ५ का विद्यार्थीहरुले हजुरबुबा हजुरआमाप्रति सम्मान भावले ओतप्रोत भएका कविता, गीत, प्रहसन तथा नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया