काठमाडौं । बोतलको पिउने पानीमा व्यापारीले एक सय २२ प्रतिशतसम्म मूलय बढाएर बिक्री गरिरहेका छन् । उद्योगबाट प्रतिबोतल ११ रुपैयाँ ६६ पैसामा किनेको पिउने पानी दाङका व्यापारीले २५ रुपैयाँमा उपभोक्तालाई बेच्ने गरेको नागरिक दैनिकले लेखेको छ ।

पानी उद्योगबाट खरिद गरिएको मूल्यभन्दा एक सय २२ प्रतिशत बढी नाफा गरेर व्यापारीले खुलेखाम ठग्ने गरेको उपभोक्ताले बताएका छन् । ११ रुपैयाँमा किनिएको ‘ड्रिंकिङ वाटर हामीले हामीले २५ रुपैयाँमा किन्नुपर्ने अवस्था छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका जिल्ला कोषाध्यक्ष दर्शन आचार्यले भने, ‘यसरी ठग्नेलाई कारबाही हुनुपर्छ ।’

खरिद मूल्यभन्दा बढीमा २० प्रतिशतसम्म मात्र नाफा गरेर बेच्न पाइने कानुनी व्यवस्था छ । त्योभन्दा बढी मूल्य लिए कालोबजारी ऐनअनुसार कारबाही हुन्छ ।

तपाईको प्रतिक्रिया