नेपालगन्ज – राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाका लागि सरकारले बर्सेनि अर्बौँ रुपैयाँ बजेट छुट्टाउँदै आए पनि यसको डिजाइनमा भएको त्रुटीले १० प्रतिशत बजेट पुननिर्माणमा नै सकिने गरेको खबर आजको नागरिकमा छ ।

सम्बद्ध प्राविधिकहरुका अनुसार डिजाइनमा गरिएको त्रुटीका कारण आयोजनाको निर्माणाधीन संरचना प्रत्येक बर्ष भत्कने र त्यसलाई फेरी बनाउनुपर्ने बाध्यता छ ।

आयोजनाका एक इन्जिनियरले भने,
-पूर्व पश्चिम फैलिएको मूल नहरले उत्तर दक्षिणतर्फ बग्ने पानीको बहाव थेग्न नसकेकै कारण भत्किने समस्या निम्तिएको हो ।

-नहरभन्दा मुनी र माथिबाट बनाइएका साइफन कतै अत्यन्त साँघुरा छन् ।

-कतै कमजोर हिसाबले बनेका छन्, त्यसैको परिणाम देखिएको हो ।

-मूल संरचना बनेको स्थानको माटो पनि कमसल छ ।

साउन अन्तिम साता परेको अबिरल बर्षाले सिक्टा नहरको एक दर्जनभन्दा बढी स्थानमा क्षति पुर्याएको छ ।

तपाईको प्रतिक्रिया