पोखरा- पोखराको पाँचतारे फुलबारी रिसोर्ट एन्ड स्पा सञ्चालन गर्नुअघि सरसफाइ, रङरोगन र मर्मतसम्भार गर्न मात्र १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

यो रिसोर्ट बन्द भएको ६ महिना भइसकेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

लामो समयदेखि बन्द हुँदा होटल पुन रिसोर्टका कोठा, भवनको भित्रबाहिर सरसफाइ र रङरोगन, स्वीमिङ पुल मर्मत र गार्डेन बनाउँदा १० करोड लाग्ने अनुमान रिसोर्ट व्यवस्थापन पक्षको छ ।

चार सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा एक सय ६४ कोठा छन् ।

एक सय ४० कर्मचारी दिनहुँ व्यस्त हुने र सयौं पर्यटक आउजाउ गर्ने देशकै सुविधासम्पन्न होटल मजदुर आन्दोलनका कारण सुनसान छ ।

तपाईको प्रतिक्रिया