एजेन्सी । भारतका चर्चित बलात्कारी बाबा राम रहिमले आफू नपुङ्सक भएको रहस्यमयी जवाफ दिएका छन् । भारतयि मिडियाका अनुसार अदालतले उनलाई सजाय सुनाउनु भन्दा पहिले उनले आफुलाई नपुङ्सक भएको बताएपछि न्याधिस समेत अलमलमा परेका थिए ।

राम रहिमले म आँफै नपुसक छु, मैले कसरी बलात्कार गरेँ हुँदा भन्ने जवाफले अदालत परिसरमा नै केही बेर सन्नाटा छाएको बताइन्छ । रामरहिमले अदालतमा भनेका थिए, १९९० देखि म नपुङ्सक छु त्यसैले मैले दुई युवतीलाई कसरी बलात्कार गर्न सक्छु होला ?

त्यसैले म माथि लागेको आरोप हटाउनु पर्छ भन्दै उनले हात जोडेर रोए। । त्यसपछि न्यायधिसले तिमी नपुङ्सक भए तिम्रा दुई सन्तान कसरी भए त भन्ने प्रश्नले बाबा रामरहिम नाजवाफ भएको भाष्कर दैनिकले लेखेको छ ।

तपाईको प्रतिक्रिया