एजेन्सी । विश्व चर्चित टेनिस स्टार सेरेना विलियम्सले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी छिन् । ३५ वर्षीया पूर्व विश्व नम्बर एक विलियम्सले फ्लोरिडामा रहेको एक अस्पतालमा आफ्नो पहिलो सन्तानका रुपमा छोरी जन्माएकी हुन् ।

२३ पटकको ग्राण्डस्लाम बिजेता सेरेनालाई सुत्केरी व्यथा लागेपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । उनले गत वर्षको अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् । उनले आँफु छिट्टै नै आगामी जनवरीमा अष्ट्रेलियन ओपन मार्फत् टेनिसमा फर्कने उद्घोष गरिसकेकी छिन् ।

तपाईको प्रतिक्रिया