काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव पहिलो चरणमै गरिएको भए धेरै मान्छे मारिन सक्ने भन्दै विभिन्न चरणमा गर्नु परेको बताएका छन् ।

सचिवालय बैठकका लागि वीरगंज जाने क्रममा रौतहटको चन्द्रनिगाहपुरमा प्रचण्डले चिया पसलमा सर्वसाधारणसँग भलाकुसारी गर्दै प्रचण्डले भने चुनाव पहिलो चरणमै गरिएको भए मान्छे मारिन सक्ने, देशभरी नकरात्मक असर पर्ने र शान्तिसुरक्षामा समेत खतरा हुने भएका कारण चुनाव ढिला हुन गएको हो ।

सो अवसरमा प्रचण्डले थप प्रष्ट्याउँदै भने सबैको सहमति खोज्ने क्रममा दुई नम्बर प्रदेशमा चुनाव ढिलो हुन पुगेको हो । राज्यले बढि ध्यान २ नम्बर प्रदेशलाई दिइएको भन्दै उनले राजनैतिक रुपले जेलिएकोले दुइ नम्बरको गाँठो फुकाउन समय लागेको प्रचण्डले तर्क गरे ।

तपाईको प्रतिक्रिया