एजेन्सी । भारतका चर्चित बलात्कारी बाबा राम रहिमकी छोरी भनिएकी प्रियंका तनेजा उर्फ हनीप्रीत सामाजिक संजालमा निकै सक्रिय पात्र हुन् । हनीप्रीतको सम्बन्ध विच्छेद भएपछि बाबाले उनलाई छोरी बनाएको भारतीय मिडियाको दाबी छ ।

सोसल मिडियामा निकै सक्रिय हनिप्रितका फेसबुकमा उनका ५ लाख फलोअर छन् भने हनीप्रितले बाबाका फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । उनले केही फिल् निर्देशन पनि गरेकी छिन् । हनीप्रीत्को परिवार पंजाबको फतेहाबादको हो ।

उनका पिताको हरियाणामा किसान नामको शोरुम थियो । हनीप्रीतका दाजु पनि डेरामै काम गर्छन् । उनले डेराको काममा पितालाई सघाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया