काठमाडौँ । बहुचर्चित चलचित्र ‘छक्का पन्जा को सिक्वेल छक्का पन्जा २’ को नयाँ अफिसियल पोस्टर सार्वजनिक भएको छ।

दिपाश्री निरौलाको निर्देशनमा तयार भएर प्रदृशनामा आउन लागेको चलचित्र छक्का पन्जा २ले आफ्ना दुईवटा गीत सार्वजनिक गरेपछि नयाँ अफिसियल पोस्टर सार्वजनिक गरेको हो ।

पोष्टरमा चलचित्रका मुख्य कलाकार अटाएका छन्। असोज ११ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्रमा प्रियंका कार्की, दिपकराज गिरि, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, जितु नेपाल, केदार घिमिरे माग्ने बुढा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका सार्वजनिक दुवै गीतले राम्रो चर्चा कमाइरहेका छन् ।

तपाईको प्रतिक्रिया