काठमाडौँ । जनयुद्दका विरोधी शक्तिहरुसँग मिलेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताप्रति गद्दारी गरेको भन्दै दुई दर्जन कम्युनिष्ट नेताहरुले माओवादी परित्याग गरेर नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

माओवादी परित्याग गर्नेमा पुराना कम्युनिष्ट नेतासहित दुई दर्जनले माओवादी नेताहरु रहेका छन् । जसमध्ये नेता यज्ञ भण्डारी, पुण्यप्रसाद खतिवडा, दीपक भण्डारीसहितका दुई दर्जन नेता कार्यकर्ता रहेको स्रोतको भनाई छ ।

२०२८ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय यज्ञ भण्डारी कम्युनिष्ट आन्दोलनका धरोहर मानिन्छन् । पुराना नेता कार्यकर्ताले पार्टी परित्या गरेपछि माओवादीमा ठूलो क्षती भएको छ ।

तपाईको प्रतिक्रिया