काठमाडौं । पर्वतको मोदी गाउँपालिका-४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन्।

उनी ०५७ फागुनमा साउदी पुगेका थिए। त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या गरेको अभियोग छ।

स्थानीय अदालतले ०५८ जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएको थियो। पुनले टेलिफोनमा बताएअनुसार चोरी गर्न आएका स्थानीय ‘उदाआएद होमद’ नामका व्यक्तिबाट बाख्रा जोगाउन प्रतिकार गर्ने क्रममा उनको मृत्यु भएको थियो।

मृतकका दुई छोरामध्ये जेठाले तत्कालै आममाफी दिएको पुनले बताए। ‘कान्छो छोरा बल्ल १८ वर्ष पुग्दै छ,’ पुनले भने, ‘उसको उमेर नपुग्दासम्म जेलमै बस्नु पर्यो। अब मेरो जीवन उसकै हातमा छ।’

कुटनीतिक पहल गरिएको भए यसअघि नै छुटिसक्ने अवस्था रहेकोमा कसैले वास्ता नगरेको उनको गुनासो छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

तपाईको प्रतिक्रिया