काठमाडौं । नेपाली भूमिमा खाद्यान्न लैजान तिब्बतको बाटो प्रयोग गर्नुपर्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, उपल्लो डोल्पामा तिब्बतको बाटो भएर खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ ।

भूकम्पले क्षति गर्नुअघि तातोपानी नाकाबाट तिब्बत हुँदै खाद्यान्न ढुवानी गर्ने गरिएको थियो । अहिले केरुङ नाकाबाट तिब्बत हुँदै खाद्यान्न लगिन्छ ।

काठमाडौंबाट खाद्यान्न लोड गरिएका ट्रक रसुवाको केरुङ नाकाबाट तिब्बत छिर्छन् । तिब्बतको सडकबाट नेपालको सिमाना क्याटु र मोरिङला नाकासम्म लगिन्छ । त्यहाँबाट उपल्लो डोल्पाको सालडाङ र किन्जी हुँदै विभिन्न स्थानमा पुर्याइन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया