काठमाडौं, १७ भदौ । नेपाल आयल निगमको जग्गा खरिदमा भएको घोटाला छानबिन गर्ने सांसदले आफूमाथि सुरक्षा थ्रेट भएको बताएका छन् ।

घोटालाबाट उम्किन विभिन्न प्रपञ्च रच्दै आएका निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अरुलाई प्रयोग गरेर छानबिन अघि नबढाउन सांसदलाई नै दबाब दिएर मनोवैज्ञानिक त्रास बढाउन थालेका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।

यसअघि पत्रकारलाई धम्की दिएका खड्काले पछिल्लो पटक शक्ति दलाल समूहमार्फत दबाब दिएको सांसदले बताए ।

स्थलगत अध्ययन गरेर राजधानी फर्किएका उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद रामवीर मानन्धरले आफूमाथि सुरक्षा चुनौती थपिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया