काठमाडौँ । नेपाल आइडलको टप ३ का लागी भएको प्रतिस्पर्धाको नतिजा एक हप्ताका लागी लम्बिएको छ ।

बिहिबारको शो पछि शुक्रबार मध्यान्ह १२ बजेसम्म ३७ लाख २० हजार २८० भोट नेपाल आइडलका प्रतिस्पधीका लागी आएको बताइएको छ ।

शुक्रबारको शोमा नेपाल आइडलका जजले आफ्नो पावर प्रयोग गर्दै नो एलिमेशन डेको घोषणा गर्दै प्रतियोगीता १ हप्ताका लागी लम्ब्याएका छन् ।

जसका कारण निशान, प्रताप,बुद्ध र सागरमध्ये कसैले पनि घर फर्किनु परेन । प्रतियोगीताको फाइनल सेप्टेम्बर २२ तारिखमा कतारको दोहामा हुनेछ ।

 

 

 

तपाईको प्रतिक्रिया