काठमाडौँ । लोकप्रिय अभिनेता सरोज खनाल अस्पताल भर्ना भएका छन् । अभिनेता खनालको मृगौलामा पत्थरी देखिएका कारण बल्खुस्थीत बयोधा अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

खनालको पेट एक्कासी दुखेपछि उनलाई आकस्मिक रुपमा भर्ना गरेर उपचार थालिएको हो । खनालको डा. सञ्जय खड्गीको टोलीले पत्थरीको अप्रेशन गरेको छ ।

बयोधा अस्पतालले आधुनिक प्रविधीले पत्थरीको अप्रेशन सुरु गरेको बताईएको छ । अप्रेशनपछि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको अभिनेता खनालले बताएका छन् ।

तपाईको प्रतिक्रिया