बङ्गलादेश, १६ भदौ । पछिल्ला केही दिन यता म्यानमारको रोहिङ्या मुसलमान समुदायमा भड्किएको हिंसापछि भागेर बङ्गलादेश जाने क्रममा करिब चार सय नागरिकले ज्यान गुमाएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घका अनुसार बङ्गलादेशको रोहिङ्या राज्यमा भएका हिंसापछि भागेर जाने क्रममा नदीले बगाएर तथा डुबेर मृत्यु हुनेको सङ्ख्या शुक्रबार मात्रै दर्जनौँ पुगेको थियो ।

वृद्धि भइरहेको छ । शुक्रबार भएका दुखद डुङ्गा दुर्घटनामा ११ बालबालिका सहित २६ जनाको शव फेला परेको थियो । म्यानमारस्थित सैनिक स्रोतले गत ६ दिनमा यहाँ मच्चिएको हिंसाका कारण ३७० जना मारिएका बताएको छ ।
एउटा नयाँ रोहिङ्या विद्रोही समूहले २० वटा प्रहरी चौकीमा आक्रमण गरेपछि पछिल्ला हिंसा भएका सुरक्षा स्रोतले जनाएका छन् ।

म्यानमारका लागि राष्ट्रसंघकी एक मानव अधिकार विज्ञ याङ्ही लीले राखइन राज्यमा चलेको हिंसाको चक्रप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया