काबुल, १६ भदौ । अगस्तको अन्त्यमा अफगानिस्तानको दुई वटा प्रान्तमा भएको हवाई कारबाहीमा परी २८ अफगान नागरिकको मृत्यु भएको समाचार छ ।

युएन आसिस्टन्स मिसन इन अफगानिस्तान (युएनएमए) ले शुक्रबार जारी विज्ञप्तिमा सो जानकारी दिएको छ ।

सो अवधिमा हेरात र लोगार प्रान्त यसै हप्ता भएको हवाई कारबाहीहरुमा कम्ती २८ सर्वसाधारण मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका थिए । यसरी प्रकार मारिएका र घाइते सवै महिला र बालबालिका रहेका पनि युएनएमए जानकारी दिएको छ ।

पूर्वी अफगानिस्तानमा गत अगस्त ३० मा भएको अमेरिकाआवद्ध सेनाको हवाई कारबाहीमा एकै परिवारका १३ व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना घाइते भएका अफगान अधिकारीले बिहीबार जानकारी दिएका थिए ।

यद्यपी एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको यस हवाई कारबाहीमा एक दर्जन भन्दा बढी आतङ्ककारी मारिएका जानकारी दिएका थिए ।

त्यसैगरी गत अगस्त २८ छुट्टाछुट्टै इलाकामा भएको हवाई कारबाहीमा १५ सर्वसाधारणको मृत्यु भएको थियो ।

अफगानिस्तानमा जारी द्वन्द्वसँग सम्बन्धित हिंसामा यस वर्षको सुरुदेखि हालसम्म एक हजार ६६२ व्यक्तिको मृत्यु भएको छ भने तीन हजार ५०० घाइते भएका छन् ।

युएनएमएले गत महिना प्रकाशित एक प्रतिवेदनमा सो जानकारी दिइएको छ । यो सङ्ख्या गत बर्षको तुलानामा २० प्रतिशतले बृद्धि भएको पनि सो मिसनले बताएको छ ।

तपाईको प्रतिक्रिया