एजेन्सी । सुपरस्टार रजिनीकान्तले अभिनय गर्ने नयाँ फिल्म ‘२.०’ एशियाकै सर्वाधिक महंगो फिल्मका रुपमा आउने भएको छ । रजिनीकान्त र निर्देशक शंकर मिलेर ‘२.०’ फिल्मका लागि सहकार्य गरेर यो नयाँ फिल्म बनाउन लागेका ह’न् । जसको लागत ४ सय करोड ह’ने बताइएको छ ।

यो जोडीले सन् २०१० मा फिल्म ‘रोबोट ९इन्धिरन०’मा दुईले जे गरे, त्यो भारतीय फिल्म उद्योगमा पहिलो थियो जसले सर्वाधिक चर्चा कमाएको थियो । फिल्म ‘रोबोट’कै दोस्रो शृंखला हो ‘२.०’ ।

यसमा रजिनीकान्तलाई एक वैज्ञानिक र रोबोटको भूमिकामा हेर्न पाइनेछ । रजिनीकान्तले गत शुक्रबार फिल्मको सुटिङ भिडियो ट्विटरमा सार्वजनिक गरेका छन् । यसलाई सम्भवतः एसियाकै महँगो फिल्मका रूपमा लिइएको छ । फिल्मलाई संसारभर ७ हजारभन्दा बढी हलमा रिलिज गर्ने लक्ष्य लिइएको छ । फिल्ममा रजिनीकान्तसँगै अक्षय कुमारले समेत अभिनय गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया