नेपालगन्ज १६ भदौं – नेपालगन्जमा पछिल्लो समयमा घुम्ती पसलमा समेत यौन व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ । प्रहरीले नेपालगन्ज–५ सेतुबिक चोक नजिक रहेको एक घुम्ती पसलमा यौन व्यवसाय गर्ने कार्यमा संलग्नलाई रंगेहात पक्राउ गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।

घुम्ती पसलमा यौन व्यवसाय गर्ने कार्यमा संलग्न घुम्ती पसल सञ्चालिका सहित सो कार्यमा संलग्न एक महिला र पुरुष गरी तीन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । उनीहरु विरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तपाईको प्रतिक्रिया