चण्डीगढ। बलात्काररी बाबा राम रहीमकी सबैभन्दा नजिककी भनिएकी छोरी हनीप्रित एकाएक बेपत्ता भएकी छिन् । भारतिय मिडियाका अनुसार बाबा जेल जाँदा सँगसँगै जेल जान खोजेकी उनलाई जेल जान नदिएपछि एकाएक बेपत्ता भएको बताइएको छ ।

बाबासँग जेलमा भेट्न चाहनेहरुको सूचीमा उनको नाम नदेखिएपछि उनीबारे चासो राखेर खोजी सुरु गरिएको थियो । तर, उनी सबैतिरबाट सम्पर्कविहीन भएको बताइएको छ ।

यता बाबाले पनि जेलसमा रातभर चिच्याएर जेल स्टाफलाई हैरान बनाउने गरेको र फलफुल र जुस खाएर मात्र रात कटाउने गरेको बताइएको छ ।उनले जेलमा बस्दा ‘मैले के गरें रु मेरो गल्ती के होरु भन्दै चिच्याउने गरेको जेलमा उनीसँगै रहेका अर्का कैदीले उल्लेख गरेको बताइन्छ ।अहिलेसम्म बाबाका कोही आफन्त जेलमा भेट्न पनि नगएको बताइएको छ ।

तपाईको प्रतिक्रिया