एजेन्सी – बलिउडकी चर्चित नायिका सकरिना कपुरले पति सैफले बनाएको खाने कुरा नखाने बताएकी छन् ।
करिनाले फिल्म ‘शेफ’को ट्रेलर लञ्च कार्यक्रममा बोल्दै यस्तो कुरा बताएकी हुन् । फिल्ममा सैफ एक चर्चित कुकको भूमिकामा देखा परेका छन् । यसै सन्र्दभमा करिनाले यस कुराको खुलासा गरेकी हुन् ।

बताइए अनुसार सैफ खाना बनाउन नजान्ने भने होइनन् तर सैफले बनाएको खानाले मोटोपना बढाउने भन्दै करिनाले त्यो खाना नखाने   गरेकी हुन् ।सैफले इटालियन खाना बनाउने गरेका छन् । आफूले घरमा पनि इटालियन खाना स्पैगटी बनाउने गरेको र यो आफूलाई निकै मन पर्ने खाना भएको सैफले बताएका छन् ।

तपाईको प्रतिक्रिया