नेपालगन्ज १६ भदौ । लोक गायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कोमल ओलीले राजनिती र कलाकारीता संगसंगै लगिरहेको बताएकी छन । शुक्रवार नेपालगन्जका पत्रकारहरुसंगको कुराकानीमा गायीका ओलीले समय ब्यबस्थापन र ब्यस्तताले राजनीतिमा बढि समय दिन लागेको बताइन । समयको मार्गलाई ख्याल गरेर आफुले पहिले जस्तै अहिले पनि दैनिक योगा, संगित तथा राजनीतिमा पनि उत्तिकै समय दिएको गायीका ओलीले बताइन ।

राप्रपाको मध्यपश्चिमाञ्चल क्षेत्र स्तरिय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन आएकी ओलीले आफ्नो ब्यस्तताको बारे पत्रकारहरुसंग खुलेरै कुरा गरेकि थिइन । बिहान उठेर मोर्नीङवाक, योगा, भजन कृतन र संगितलाई समय मिलाएर निरन्तरता दिएको गायीका ओलीले उल्लेख गरीन । संगित यस्तो क्षेत्रको जुन अरु क्षेत्रमा त्यस्तो आनन्द महशुस हुन सक्दैन उनले भनिन्, ‘गीत संगीतलाई पहिलेदेखि माया गर्ने मेरो बानीलाई कहिल्यै विर्सन सक्दिन ’ महोत्सव, मेला र स्टेज कार्यक्रममा बढि हिड्ने कोमल अहिले राजनीतिका मिटिङ सेमीनार तथा पार्टी संगठनका काममा बढि समय दिन थाल्नुभएको पत्रकारको प्रश्नमा गायीका ओलीले भनिन् नेपालकै चर्चित नायीका रेखा थापा पार्टी छोड्नुमा जसको जहाँ सन्तुष्टि हुन्छ त्यही जान सकिने बताइन ।

पहिले कमल थापाको फ्यान हु भन्ने अहिले अरु पार्टीमा प्रबेश गर्नु कुनै ठुलो कुरा नभएको गायीका ओलीले बताइन । पहिलेको कलाकारीता र अहिलेको कलाकारीता अलि फरक भएको कारण बढि राजनीतिमा समय दिन थालेको वलिको भनाई थियो । अबको मिसन राजनीति मार्फत समाज सेवा गर्ने समेत रहेको कोमलको भनाई थियो । पछिल्लो पटक पार्टीको संगठन बिस्तारमा लागेकी वलि आउदो प्रदेशको चुनावमा उम्मेद्वारी समेत दिने संकेत दिएकी छन । पार्टीले जुन ठाउँमा उम्मेद्वारी दिन्छ त्यही ठाउँबाट उम्मेद्वारी दिने गायीका ओलीले बताइन ।

तपाईको प्रतिक्रिया