काठमाडौं– पछिल्लो समय नायक पल शाहको चर्चा चरम चुलीमा छ । उनलाई मन पराउने कैयन युवतीहरुको लाम लागीरहेका बेला श्रृषा कुँवरले पनि पलसँग प्रेममा परेको संकेत गरेकी छिन् ।

यी सबै कुराहरु पल र श्रृषाको निजी जिवनमा नभई श्रृषाको हालै सार्वजनिक भिडियो हल्का हल्कामा देखिएका दृश्यहरु हुन् । श्रृषाले गायनमा समेत डेब्यू गरेको भिडियोमा उनले पलसँग अनस्क्रिन रोमान्स गरेको देख्न सकिन्छ ।

चर्चित म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलद्वारा निर्दे्शित हल्का हल्का बोलको गीतको म्युजिक भिडियोको गीतमा शिखर सन्तोषको संगीत तथा आनन्द अधिकारीको शब्द शृजना रहेको छ ।

तपाईको प्रतिक्रिया