चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा गएराती बस र ट्रक ठोक्किँदा भएको विबादका कारण बन्द राजमार्ग एकतर्फी रुपमा खुलेको छ ।

मुग्लिनभन्दा १ किलोमिटर नारायणगढतर्फ भएको दुर्घटना पश्चात चितवनतर्फ जाने यात्रु मात्रै प्रभाति नभई पोखरातर्फ जाने यात्रु पनि जामका कारण रातभर रोकिन बाध्य भएका छन् ।

‘बस र ट्रक सामान्य रुपमा ठोक्किए तर विवाद ठूलो भयो, रातिमा प्रहरी पनि समयमा नपुग्दा विबादले उग्र रुप लिएको थियो । बिहीबार बिहान घरबाट हिँडेका कैयौं यात्रुहरु अझै पनि बाटोमा नै अलपत्र परेको बताइएको छ ।

सवारी जामका कारणले मुग्लिन भएर पोखरा जाने र काठमाडौं आउने कयौं सवारी साधन फसेका छन् । यद्यपी अहिले भने सवारी एकतर्फी रुपमा खुलेको बताइएको छ ।

तपाईको प्रतिक्रिया