सेम्टेम्बर १ मा विश्वमा भएका मुख्य घटना :

१८९४ अमेरिकी राज्य मिनेसोटाको हिंक्ले सहरमा डढेलोबाट फैलेको आगलागीमा परी चार सय ४० को मृत्यु भएको थियो ।

१९३९ जर्मनीले पोल्यान्डमाथि कब्जा जमाएसँगै दोस्रो विश्वयुद्ध आरम्भ भएको थियो ।

१९६९ २७ बर्षका सैनिक क्याप्टेन मौमार अल गद्दाफस्ले लिबियाका राजा इद्रिसविरुद्ध सफल सैनिक विद्रोह गरेका थिए ।

१९७९ अमेरिकी अन्तरिक्षयान पायोनियर ११ पहिलोपल्ट ग्रहमा पुग्न सफल भएको थियो ।

१९८३ सोभियत हवाई क्षेत्रमा उडेको आरोपमा सोभियत लडाकु विमानबाट कोरियन वायु सेवाको विमानमा गोली प्रहार भएको थियो । उडीरहेको चालक खस्दा चालक दलका सदस्यसहित दुई सय ६९ को मृत्यु भएको थियो ।

आजको नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया