काठमाडौं । चर्चित बलिउड स्टार सलमान खानको नयाँ फिल्म ट्वलाइट फ्ल्प भएसँगै उनी आफ्ना नयाँ प्रोजेक्टमा निकै नै चनाखो भएर लागीरहेका छन् । उनी अहिले ‘टाइगर जिन्दा है’को सुटिङमा व्यस्त छन् । फिल्मको अस्ट्रिया र अबुधावीका विशेष स्थानमा सुटिङ भइरहेको छ ।

बक्स अफिसमा ट्वलाइटले राम्रो गर्न नसकेपछि बलिउडमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला उनको नयाँ फिल्म कस्तो आउला भन्ने चासो सलमानका फ्यानलाई अहिलेदेखि नै छ । यही बिचमा सलमानको नयाँ फिल्म ‘टाइगर जिन्दा हैमा जबर्जस्त एक्सन दृश्य राखिएको र १० हजार राउन्ड गोलाबारीबीच सलमानको अभिनय रहेको निर्देशक अली अब्बास जफरले खुलासा गरेका छन् ।

उनले ट्विटमार्फत् विभिन्न प्रकारका धेरै बन्दुक देखाइएको तस्बिरसमेत सार्वजनिक गरेका छन् । तस्बिरसाथ उनले क्याप्सन लेखेका छन्, ‘१० हजार राउन्ड गोलाबारीको लागि तयार‘टाइगर जिन्दा है ।’यो फिल्म सन् २०१२ मा रिलिज भएको ‘एक था टाइगर’को सिक्वेल भएका कारण पनि यसले बलिउडमा हंगामा मच्चाउने निश्चित भएको भारतीय मिडियाको दाबी छ ।

तपाईको प्रतिक्रिया