काठमाडौँ । सुन्दरी अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीका प्रेम रोमान्सका तस्विर फेरी भाइरल बनिरहेका छन् । गत हप्ता अनुष्काले विराटसँग श्रीलंकामा समय बिताइरहेका केही फोटो सामाजिक सञ्जालमा भाइरल भएका हुन् ।

केही हप्ताअघि न्युयोर्कबाटै विराटले अनुष्कासँगको फोटो पोस्ट गर्दै लेखेका थिए, ‘प्रियसँग बिदा मनाउँदै ।’ त्यतिवेला अनुष्का न्युयोर्कमा आइफा अवार्ड समारोहमा भाग लिन पुगेकी थिइन् ।

सन् २०१३ मा एक टिभी विज्ञापनको सुटिङका दौरान अनुष्का र विराटको भेट भएको थियो । त्यही सहकार्यदेखि दुईबीच आत्मीयता बढेको हो । र, दुईलाई धेरैपटक डेटिङमा देखिन थालिएको हो । दुईको सम्बन्धबारे प्रश्न गर्दा विराटले भनेका थिए, ‘हामीबीच जे सम्बन्ध छ, त्यो सबै सार्वजनिक छ, लुकाउनुपर्ने कारण नै छैन ।’ अभिनेत्री अनुष्काले पनि एउटा साधारण युवायुवतीजस्तै आत्मीय जीवन बिताइरहेको बताएकी छिन् ।

तपाईको प्रतिक्रिया