काठमाडौँ । नेपाल आइडल गाला राउण्डको टप फोर अन्तर्रतको विशेष शोमा ४ जना प्रतिस्पर्धीहरु बुद्ध लामा, प्रताप दास, सागर आले र निशान भट्राई सबले २ २ पटक आफ्नो प्रस्तुती प्रस्तुत गरे । शोमा गेष्ट जजका रुपमा उपस्थित गायक राजेशले पनि विभिन्न भाषामा गीत गाए ।

सो अवसरमा कवि तथा गीतकार विप्लव प्रतिकका गतिहरु संगीतकार न्यह्ू बज्राचार्यले गाएर सुनाए । बिहिबारको शोमा प्रतिस्पर्धी प्रताप दासले जज इन्दिरा जोशी तथा गेष्ट जज राजेश पायल राईलाई स्टेजमा नै बोलाएर नचाए ।

त्यस्तै प्रतिस्पर्धीहरु निशान भट्राई, बुद्ध लामा, र सागर आलेले पनि उत्कृष्ट प्रर्दशन गरे । जसको उपस्थित दर्शक, होस्ट र जजहरुले मुक्त कण्ठले प्रशंसा गर्न भ्याए ।

तपाईको प्रतिक्रिया