काठमाडौँ । गायक राजेश पायल राईले संगीतमा राजनीति मिसाउन नहुने बताएका छन् । गेष्ट जजका रुपमा नेपाल आइडलमा उपस्थित भएका गायक राईले अघिल्लो हप्ता गेष्ट जजको रुपमा उपस्थित गायक रामकृष्ण ढकालले बोलेको कुरालाई इगींत गर्दै भने उसको एउटा बोलीले उसको खुट्टामा बञ्चरो हान्नु हुँदैन ।

राजेशले रामकृष्ण आफ्नो समकक्षी भएको र उ मनको सफा भएका कारण पनि उसले नेपाली सांगीतिक क्षेत्रमा गरेको दशकौँको योगदानलाई एक क्षणको विश्लेषण अपुरो हुने बताए । उनले हामी पूर्वको हौँ वा पश्चिमको जहाँको भए पनि यतिबेला हामीले जात भातको कुरा नगरी नेपाली भएको विर्शन नुहुने बताए ।

तपाईको प्रतिक्रिया