काठमाडौँ, १५ भदौ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नयाँ नेतृत्वको लागि मतगणना जारी रहेको छ ।

अपराह्न १ बजेदेखि शुरु भएको मतगणना अहिले पनि जारी रहेको अध्यक्ष नरेन्द्र न्यौपाने जानकारी दिनुभयो । बुधबार राति मतदान सम्पन्न भएको थियो ।

उहाँका अनुसार अहिलेसम्म अध्यक्षका उम्मेदवार रन्जित तामाङ अगाडि रहनुभएको छ ।

अहिलेसम्म १२० मतगणना गर्दा अध्यक्षका प्रत्यासी अनिल शर्माभन्दा तामाङ २० मतले अगाडि रहनु भएको उहाँले बताउनुभयो । छात्रा उपमहासचिवमा आशा तमु निर्विरोध निर्वाचित हुनु भएको छ ।

अहिले प्रदेश नं १, २, ७ र ४ को मतगणना भइरहेको छ । भने प्रदेश नं ६ को सदस्यको पनि मतगणना भइरहेको छ ।

नयाँ नेतृत्वको लागि ३३ पदाधिकारीसहित २४३ नयाँ केन्द्रीय समिति चयन गर्नका लागि यही भदौ ७ गतेबाट काठमाडौँमा अधिवेशन भएको थियो । सहमतिबाट नेतृत्व चयन नभएपछि क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन हुदैछ ।

दुई हजार १५ मतदातामध्ये करिब एक हजार ७०० ले मतदान गरेका थिए । अध्यक्ष न्यौपानेका अनुसार शुक्रबार साँझसम्म मतगणना सकिने छ ।

तपाईको प्रतिक्रिया