काठमाडौँ । श्रीमतीले पासो लगाएर प्राण त्यागेको देखेका श्रीमान्ले पासो काटेर गरे विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । घटना हो काभ्रेको ।

काभ्रेको पनौती नगरपालिका ५ कि २९ वर्षीया सलिन केसीले घर नजिकको रुखमा पासो लगाएर आत्महत्या गरे लगत्तै श्रीमान दीपकले श्रीमतीको पासो काटेर आँफुले पनि आत्महत्याको प्रयास गरेको बताइएको छ ।

श्रीमतीले पासो लगाएको देख्नासाथ श्रीमानले पासो काटेर स्वयम् विष सेवन गरेको खुलेको छ। श्रीमान दीपकको अहिले बनेपा स्थित शिरमेमोरीयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

श्रीमान् श्रीमतीबिच सामान्य घर झगडापछि यस्तो विभत्स अवस्थाको सिर्जना भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया