ढाका: बङ्गलादेशमा बुधबार भएको डुंगा दुर्घटनामा परी २० जनाको ज्यान गएको छ। मृत्यु हुनेमा म्यानमारबाट बङ्गलादेश आएका रोहिङ्गा समुदायका नागरिक रहेका छन्। दक्षिणी बङ्गलादेशको म्यानमारसँगको सिमानामा सो दुर्घटना भएको बताइएको छ। सो जानकारी बङ्गलादेशका एकजना वरिष्ठ प्रहरी अधिकारीले दिएका छन्।
उनका अनुसार बङ्गलादेशको कग्स बजार क्षेत्रबाट २९२ किलोमीटर पश्चिम क्षेत्रमा पर्ने नाफ नदिमा डुंगा डुबेको थियो। त्यसमा परी बुधबार नै छ जनाको निधन भएको थियो । तर बिहीबारमात्र १४ जनाको शव भेटिएको छ।

बिहीबार बिहान थप १४ जनाको शव भेटिएको छ– ती अधिकारीले जनाएका छन्। उनले अरु पनि केही व्यक्ति हराइरहेका जानकारी दिँदै उनीहरुको खोजी जारी रहेको बताएका छन्।बङ्गलादेश र म्यानमारलाई विभाजित गर्ने नाफ नदीमा सो डुंगा डुबेको हो।

म्यानमारबाट यतातर्फ आइरहेको डुंगा उक्त क्षेत्रमा डुबेको बताइएको छ।त्यस डुंगामा के कति व्यक्ति सवार थिए भन्ने बारेमा भने केही बताइएको छैन। तर अरु कैयौँ व्यक्ति डुबेको आशङ्कमा खोजी भने जारी राखिएको ती प्रहरी अधिकारीले जनाएका छन्।

तपाईको प्रतिक्रिया