काठमाडौँ । गएरातीदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ(मुग्लिन सडकखण्ड खुलेको छ। चार किलोमा विभिन्न स्थानमा सडक भासिएका कारण र अन्य स्थानमा पनि माथिबाट पहिरो झरेका कारण अवरुद्ध सडक दिउसो साडे ४ बजेबाट संचालनमा आएको

नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालनमा ल्याइएको हो । सडक भासिएका ठाउँका सडक नौ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो ।

सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर अहिले दुईतर्फी सडक सञ्चालनमा ल्याइएको हो । सो सडकको पाँच ठाउँमा पहिरो खसेपछि रातीदेखि नै सडक अवरुद्ध भएको हो । जलबिरेको दुई स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा एक÷एक स्थानमा पहिरो खसेको थियो । बुधबार रातिको भारी वर्षापछि करिब ५० मिटर लम्बार्इ सडकको चार मिटर चौँडा भाग भासिएपछि सडक अवरुद्ध बन्दा कैयौँ यात्रुहरु मर्कामा परेका थिए ।

तपाईको प्रतिक्रिया