पोखरा । विवाह गरेको करीब १२ वर्षसम्म पनि निःसन्तान रहेका पोखराका आले दम्पतीले एक ४० दिने बेवारिसे शिशुलाई धर्मपुत्रको रुपमा पाल्न तयार देखिएका छन् । एसओएस बालग्राम गण्डकीले रेखदेख गर्दै आएको ति शिशुलाई एक कार्यक्रमकाबिच पोखरा १५ निवासी ताराबहादुर आले र उनकी श्रीमती कान्ती आलेले धर्मपुत्रको रुपमा जिम्मा लिँदै निकै हर्षित भएको बताएका छन् ।

बेवारिसे शिशु स्याङजाकी एक विवाहित महिलाले अवैध गर्भबाट जन्माएर छाडेपछि विभिन्न कोखहुँदै वाल कल्याण समितिमा स्थायी संरक्षक हुन पाउँ भनि निवेदन दिएको २० दिनपछि समितिले १५ दिने हकदाबीको सूचना निकालेर प्रकृया पुर्‍याई शिशु आले दम्पतीलाई सुम्पिएको बताइएको छ ।

काठमाडौं बसेर जागिर खाँदै गरेकी ती महिलाले एक युवासँग अवैध सम्बन्ध राख्दा गर्भ रहेपछि पोखरा पुगेर जन्म दिएर साथीलाई शिशु सुम्पेर काठमाडौँ फर्किएको स्रोतको दाबी छ ।

तस्विर : अनलाइनखबर

तपाईको प्रतिक्रिया