रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दक्षिणी सिमानामा भारतले निर्माण गरेका बाँधका कारण नेपालको पूर्वी क्षेत्र डुबानमा परेर सर्वसाधारण नेपालीले सास्ती खेप्नु परेको बताएका छन् ।

मधेसका जिल्लाहरुमा आएको बाढी र क्षतिको अनुगमन गर्न रौतहट आएका पूर्व प्रधानमन्त्री प्रचण्डले भारतीय सीमानामा रहेका बाँधहरु र पानी निकासका ढोकाहरु समयमै भारतीय पक्षले नखोल्दा तराई मधेसका अधिकांश भागहरुले वर्षायाममा ढुवानको बिपत्ती खेप्नुपरेको प्रचण्डले दोहोर्याए ।

आफूलाई चाहिने पानी खोल्ने र बाढीका बेलामा बन्द गर्ने प्रवृतिले नेपाललाई भारतले जानी जानी डुबानमा पार्ने गरेको आरोप समेत प्रचण्डले लगाए ।

सो अवसरमा प्रचण्डले भने बाँधका ढोकाहरु समयमै खोलेको भए क्षति कम हुन्थ्यो, नेपाल सरकारले अविलम्ब भारतीय पक्षसँग कुटनीतिक वार्ता गरेर यसखालको समस्या भविष्यमा नआउने ग्यारेण्टी गरी समस्या समाधान गर्न समेत आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया