एजेन्सी । पूर्व विश्व सुन्दरी तथा सुन्दरी बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको कपाल मुडुलाएको तस्वीर यतिबेला सामाजिक सञ्जालमा निकै नै प्रचलित भइरहेको छ ।

निधारमा टिका र पहेंलो दोसल्ला लगाएको कारण उनले आफ्नो कपाल कसैलाई दान गरेको भन्ने समेतका खबरहरु आइरहेका छन् ।

जुन तस्वीरमा ऐश्वर्याको कपाल मुण्डन गरिएको छ। उक्त भाइरल तस्विरको क्याप्सनमा लेखिएको छ ,‘हरेकपल सुन्दर देखिनु नै वास्तविक सुन्दरता हो।’ वास्तविक कपाल नभए पनि ऐश्वर्याको यो तस्विर वास्तवमा नै सुन्दर देखिएको छ ।

तपाईको प्रतिक्रिया